नियम १३२
खारेजी र बचाउ
(१) निजामती सेवा नियमावली, २०५० को अनुसूची–२ को
क्रमसंख्या ४, ६, ४९, ५०, ५१ र अनुसूची ३ को (ग) खारेज गरिएका छन् ।
(२) नेपाल स्वास्थ्य सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति)
नियमहरू, २०५१ खारेज गरिएका छन् ।
(३) निजामती सेवा ऐन, २०४९ र सो अन्तर्गत बनेको नियमावली बमोजिम भए
गरेका काम कारबाहीहरू यसै नियमावली बमोजिम भए गरेको मानिने छन् ।